काठमाडौं । नेपाली संगीत क्षेत्रलाई प्रेम, भाव र सौन्दर्यले समृद्ध बनाउने उद्देश्यका साथ नयाँ गीत ‘ओ प्रीयसी’ सार्वजनिक गरिएको छ।
क्यानडालाई आफ्नो कर्मथलो बनाएका गायक आशीर्वाद सुवेदीको आवाज रहेको ओ प्रीयसी’ गितमा युवापुस्तामाझ लोकप्रिय र्याप विनय कार्कीले र्याप भरेका छन् । यो गीतमा कृष्णराज भण्डारीको शब्द र संगीत रहेको छ।
भिडियोमा प्रेमभावनाको गहिरो कथा राहुल शाह र भावना उप्रेतीले अभिनयमार्फत प्रस्तुत गरेका छन्। उनीहरूको अभिनयले दर्शकमा प्रेमको मीठो अनुभूति दिलाउने प्रयास गरिएको छ। गीतमा विनय कार्कीले र्यापको तालमा विशेष स्वाद थपेका छन् भने संगीत संयोजन समेत उनले नै गरेका छन्। गीतको मिक्सिङ र मास्टरिङ साजन शाहले गरेका हुन्।
गीतको छायांकन चर्चित सिनेमाटोग्राफर हरि हुमागाईंले गरेका छन् भने सम्पादन र रङ संयोजन सुप्रिम पराजुलीले गरेका हुन्। भिडियोमा प्रिन्स राजको समेत आकर्षक उपस्थिति देख्न सकिन्छ।
‘ओ प्रीयसी’ म्युजिक भिडियोको कोरियोग्राफी, निर्देशन र अवधारणा स्वयम् राहुल शाहले गरेका छन्। सरिता प्रजापतिको मेकअप, अनुष्का पौडेलको पोशाक डिजाइन र सन्तोष सुनारको पोस्टर आर्टले भिडियोको दृश्य पक्षलाई अझ सशक्त बनाएको छ। सम्पूर्ण निर्माण व्यवस्थापन सम्भु श्रेष्ठले सम्हालेका छन् भने भिडियो ‘Vibe and Wave’ नामक प्रोडक्सन कम्पनीको ब्यानरमा तयार गरिएको हो।
सार्वजनिक भएको छोटो समयमै दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको यो गीतलाई अहिलेको डिजिटल युगका दर्शक–श्रोता लिएर बनाइएको आधुनिक र आकर्षक संगीत प्रस्तुति मानिएको छ।
गीत युट्युब लगायतका डिजिटल प्लेटफर्ममा हेर्न तथा सुन्न सकिन्छ।
हेर्नुहोस् ‘ओ प्रीयसी’ भिडियो: