पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

admin

काठमाडौँ : नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको छ।

मूल्य घटाएपछि काठमाडौँमा पेट्रोल १५७ रुपैयाँ र डिजेल तथा मट्टितेल १४२ रुपैयाँ कायम भएको छ। इण्डियन आयल कर्पोरेशनले बिहीबार दिउँसो मूल्य घटाएर पठाएका कारण नेपाली बजारमा पनि समायोजन गरेको निगमले जनाएको छ।

प्रतिक्रिया