गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

admin

काठमाडौं । सरकारले राष्ट्र बैंकको गभर्नर पदमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिनुभयो ।

उपप्रधान एवं अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा गठित गभर्नर सिफारिस समितिले विश्वनाथ पौडेल, निलम ढुङ्गाना र डा दिनेश भट्टराईको नाम सिफारिस गरेकोमा पौडेललाई नियुक्त गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

उहाले लामो प्रतिक्षामा रहेको गभर्नर नियुक्तिको बिषयलाई सरकारले टुङ्गोमा पुराइएको बताउनुभयो । सरकारको निर्णयसंगै डा पौडेल मुलुकको १८ औं गभर्नर बन्न सफल हुनुभएको छ ।

प्रतिक्रिया