काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ८४ को निर्वाचन अघिसम्म वर्तमान गठबन्धन कायमै रहने बताउनुभएको छ ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको सरकार बनाउनुको उदेश्य अझै पुरा नभएकाले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने बताउनुभएको हो ।
कांग्रेस–एमाले ठूलो पार्टी भएकाले गठबन्धनमा अहिलेकाही अनुकुलता र प्रतिकुलता हुने गरेको भन्दै दुई दलले समान हिस्सेदारी खोज्नु स्वभाविक भएको उहाले बताउनुभयो ।
भट्टराईले बर्तमान सरकार गलत ट्रयाकमा नरहेपनि गति बढाउन भने नसकेको जिकिर गर्नुभयो । सरकारको आलोचना हुनु स्वभाविक भएको भन्दै उहाले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नविग्रियोस भन्नेमा सचेत हुनुपर्ने बताउनुभयो ।
उहाले बिभिन्न निकायका प्रमुख नियुक्त गर्ने बिषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै भट्टराईले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै एजेण्डामा राष्ट्रिय सहमति कायम हुनुपर्ने जिकिर गर्नुभयो ।