मध्यराति भूकम्पको धक्का

admin

बैतडी। बैतडीको सदरमुकाम खलङ्गा केन्द्रविन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ।

सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार पहिलो भूकम्प बिहान १ः४८ बजे ५.१ रेक्टर स्केलको र दोस्रो भूकम्प बिहान २ः०० बजे ३.७ रेक्टर स्केलको मापन गरिएको हो।

लगातार दुईपटक भूइँचालोको धक्का महसुस भएपछि बैतडीका स्थानीयवासी त्रसित भएर रातको समयमा घर बाहिर निस्किएको बताइएको छ।

भूकम्पको धक्का बैतडीसँगै दार्चुला, बझाङ र डडेल्धुरा जिल्लामा समेत महसुस गरिएको थियो। हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण भने प्राप्त भइनसकेको भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रतिक्रिया