भ्रष्टाचारमै लिप्त नेतृत्वले जनतामा व्यवस्थाप्रति बढायो निराशा : चित्र बहादुर केसी

admin

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले देशको समस्याप्रति वेवास्ता गरि भ्रष्टाचारमा मात्रै लिप्त भएका कारण जनतामा अहिलेको व्यवस्थाप्रति नै निराशा छाएको बताउनुभएको छ ।

जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको गणतन्त्रका बिषयमा छलफल कार्यक्रममा केसीले दलका नेताहरुका कारण जनताले लोकतन्त्रमाथि नै प्रश्न उठाएको समेत बताउनुभयो ।

उहाले अहिले लोकतन्त्र र गणतन्त्र निकै अप्ठेरोमा रहेकाले सवै सचेत हुनुपर्ने धारणा राख्नुभयो । भ्रष्टाचार गर्ने नेता, प्रशासक सवैलाई कारवाही गरेर सुशासन कायम गर्नका लागि राज्य गम्भीर हुनुपर्ने उहाले बताउनुभयो ।

अध्यक्ष केसीले नेताहरु र प्रशासनमा बस्नेहरुको चिन्तन कमाउनेमात्रै भएका कारण मुलुक अप्ठेरोमा परेको जिकिर गर्नुभयो । उहाले आफुले सार्वजनिक निकायमा बस्ने नेताहरुको सम्पती छानविन गर्न आफुले पटक पटक भन्दा पनि कोहि तयार नभएको धारणा राख्नुभयो ।

उहाले केहिको रिसले अहिलको व्यवस्थाबिरुद्ध धावा बोल्ने काम उचित नभएको बताउनुभयो । केसीले अहिले मुलुकको व्यवस्थालाई बलियो बनाउनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया