काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा आफुहरु रहेको बताउनुभएको छ ।
पुष्पलाल लोकमार्ग जनजागरण अभियानअन्तर्गत शनिबार कास्कीमा आयोजित जनसम्वाद कार्यक्रममा प्रचण्डले हुलाकी मार्ग र पुष्पलाल लोकमार्गमा माओवादीले चलाएको अभियान कार्यनीतिक कुरामात्रै नभएर समाजवादी क्रान्तिको आधार तयार पार्नका लागि चालिएको भिजन भएको बताउनुभयो ।
उहालेनयाँ क्रान्तिको माध्यमबाट मुलुकमा राजनीतिक स्थायीत्व र भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धि कायम गर्ने मुख्य जिम्मेवारी माओवादीको भएको जिकिर गर्नुभयो । प्रचण्डले अहिले मुलुक माओवादीमय हुँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुने दावी गर्नुभयो । माओवादी पहिलो पार्टी भए समाजवादको आधार निर्माण हुने उहाको भनाइ छ ।
प्रचण्डले माओवादीले पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था हुनुपर्छ भन्ने आएकाले अव जनताको सहमतिमा संविधान संशोधन गरी उक्त व्यवस्था ल्याउनुपर्ने बताउनुभयो ।