मानव तस्करलाई श्रद्धाञ्जली, नर्क पनि प्राप्त हुन्न होला ! : सुमना श्रेष्ठ

admin

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले भिजिट भिसाको नाममा भइरहेको गतिविधिलाई मानव तस्करीको संज्ञा दिँदै तीव्र आक्रोश प्रकट गरेकी छन्।

शनिबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले यस्ता गम्भीर अपराधहरू उच्च तहको संरक्षण वा संलग्नता विना सम्भव नहुने बताउँदै संकेत गरेकी छन्। श्रेष्ठले यो विषयलाई केवल भिजिट भिसाको दुरुपयोग नभई मानव तस्करीको गम्भीर अपराध भन्दै त्यसमा संलग्नहरूप्रति कठोर टिप्पणी गरेकी हुन्।

उनले लेखेकी छन्, “यो भिजिट भिसा प्रकरण होइन, मानव तस्करी हो! आफ्नै छोराछोरीलाई अनजान देशमा बिना श्रम अधिकारको संरक्षण पठाउने, पैसा लिएर मान्छे किन्ने विदेशीहरू र आफूलाई भाग खोज्ने नाममा यस्ता कार्यलाई रोक्नुको सट्टा संलग्न रहने तपाईंहरू सबैलाई हार्दिक श्रद्धाञ्जली — तपाईंहरूलाई नर्क पनि प्राप्त नहोला!”

प्रतिक्रिया