यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच हानाहान

admin

डोल्पा । डोल्पाको ठूलीभेरी नगरपालिका–१ स्थित ठाला लेकमा यार्सागुम्बा सङ्कलनको क्रममा दुई समूहबीच शनिबार दिउँसो झडप भएको छ।

पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयहरूबीच सीमावर्ती क्षेत्रको यार्सागुम्बा सङ्कलनको विषयलाई लिएर विवाद उत्पन्न भई करिब ६–७ सय जनाको भीडबीच झडप भएको हो।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो।

झडप नियन्त्रण गर्न दुई राउन्ड हवाई फायर गर्नुपरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। उनका अनुसार हाल स्थिति नियन्त्रणमा रही अवस्था सामान्य छ।

प्रतिक्रिया