बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुई घाइते

admin

काठमाडौँ। ललितपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। ललितपुर महानगरपालिका–४ एकान्तकुना–खरिबोट सडकमा बा २ ख ३४८ नम्बरको बसले बा ७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौँको नैकाप बस्ने ३० वर्षीय संजीव अधिकारीको उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा आज दिउँसो मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

यसैगरी, दुर्घटनामा घाइते मोटरसाइकलमा सवार नम्रता लामिछाने र उनका छोरा अहिले सोही अस्पतालमा उपचाररत छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया