सर्वोच्चको आदेशमा प्रक्रियागत त्रुटि रास्वपाको निष्कर्ष, संसदमा सशक्त रुपमा प्रस्तुत हुने

admin

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रुपमा त्रुटि रहेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेशलाई कानूनी रुपमा स्वीकार गर्ने भन्दै प्रक्रियागत रुपमा भने त्रुटि रहेको निष्कर्ष निकालेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।

सर्वोच्चको आदेशमा त्रुटि र कमजोरी भेटिएको भन्दै उहाले यस बिषयमा सार्वजनिक रुपमा बहस गर्ने उल्लेख गर्नुभयो । यद्दपी अदालतको आदेश प्रति आफुहरुको सम्मान नै रहेको र त्यसलाई कानूनी रुपमा मान्न तयार रहेको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले हालै अध्यागमन बिभागमा भएको भ्रष्टाचारले वर्तमान सत्ता गठबन्धनको औचित्य पुष्टि हुदै गएको ठहर गरेको छ । कार्यवाहक प्रवक्ता झाले अरु दलका नेतालाई प्रमाणित नगरेरै थुनामा राख्ने तर पुरानो दललाई थुनामा राख्न प्रमाणित हुनुपर्ने अवस्था देखिएको जिकिर गर्नुभयो ।

उहाले देशमा सुशासनका लागि आन्दोलनमै जानुपर्ने अवस्थाका बारेमा पनि बैठकमा छलफल भएको जानकारी दिनुभयो । झाले आगामी संसद बैठकमा रास्वपा बिभिन्न बिषयमा सशक्त रुपमा प्रस्तुत हुने बताउनुभयो । मंगलबार बस्ने संसद बैठक सामान्य नहुने उहाले बताउनुभयो ।

प्रतिक्रिया