प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको शुरूआत : शेखर कोइराला

admin

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेठ १५ गते काठमाडौंलाई नियन्त्रणमा राख्ने प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गर्नुभएको छ ।

मंगलबार विराटनगरमा जिपी कोइराला लेवर फाउण्डेशन नेपालले आयोजना गरेको कार्यक्रममा कोइरालाले अरुलाई निषेध गर्ने गरि आएको प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गर्नुभएको हो । उहाले अब पनि कांग्रेस नेतृत्वले बुझ्न नसके कांग्रेस डुव्दै जाने तर्क गर्नुभयो ।

उहाले सत्तासाझेदार दलको हैसियतले कांग्रेसले यस अवस्थालाई सम्हाल्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाले नीतिगत भ्रष्टाचारका नाममा मुलुक जर्जर बनाउने कार्य भईरहेकोले समयमा नै नियन्त्रण गर्नुपर्ने जिकिर गर्नुभयो ।

भ्रष्टाचार र दण्डहिनताका कारण मुलुक संकटमा पर्दै गएकाले राजनैतिक दलका नेताहरु सचेत र सजग हुनुपर्ने उहाले बताउनुभयो । कोइरालाले मुलुक ग्रे लिष्टमा परेकोले चाडै नै यसबाट बाहिर निकाल्न गभर्नरले प्रभावकारी कदम चाल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा सहभागिहरुले श्रमिकहरुलाई हक अधिकार प्रदान गर्न श्रम आयोग बनाउनुपर्ने जिकिर गरेका थिए ।

प्रतिक्रिया