काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलम उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट सफाइ पाएपछि नख्खु कारागारबाट रिहा भएका छन्।
उच्च अदालतको आदेशपछि अदालतले पठाएको पत्रका आधारमा आलमलाई रिहा गरिएको नख्खु कारागारका जेलर भीमराज कोइरालाले जानकारी दिए। उनलाई लिन कांग्रेस सांसद देवप्रसाद तिमिल्सिना कारागार पुगेका थिए।
बुधबार न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमसहित चार जनालाई सफाइ दिएको हो।