कांग्रेस नेताहरूलाई शेखरको सुझाव : सही काम गर्न नसके चुप लागेर घर बसौं

admin

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सरकारले गरेको गलत कामको विरोध जनाउन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस सरकारमा छ भन्दैमा गलत काममा मौन बस्न नहुने बताउनुभयो ।

उहाँले गणतन्त्रमा ३ जना नेताको म्युजिकल चेयरबाट निराश भएका युवा राजा फर्काउने आन्दोलनमा सहभागी हुन थालेको दाबी गर्नुभयो। नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको तर अहिलेको अवस्थाबाट निराश बनेको उहाँको भनाइ छ ।

कोइरालाले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भएपनि कार्यान्वयन पक्ष कमजोर भएको बताउनुभयो । राम्रो काम गर्न नसके सरकारलाई नराम्रो पनि नगर्न उहाँले सुझाव थियो ।

त्यसतै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पार्टीभित्र सकारात्मक सन्देश दिनेगरी काम गरिरहेको बताउनुभयो । पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा उहाँको जोड थियो ।

मन्त्री पौडेलले कांग्रेसलाई विधि र पद्धतिअनुसार नै अगाडि बढाउनुपर्ने बताउदै पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पार्टीका अन्य नेताहरुले आ— आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया