पतञ्जली जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत : ईश्वर पोखरेल

admin

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जली जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत कुरा भएको बताउनुभएको छ ।

एमाले ओखलढुङ्गा लिखु काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमालेकै कोहिले गलत गरेको छ भने अनुसन्धानको दायरामा आउने भन्दै राजनीति पूवाग्रहका आधारमा अख्तियारले काम गर्यो भन्नु गलत भएको बताउनुभएको हो ।

उहाले सार्वजनिक ओहोदामा बस्ने व्यक्ति नागरिक लेखापरिक्षणमा उभिन सक्नुपर्ने बताउनुभयो । नागरिकको लेखापरिक्षणमा बेरुजु निस्कीए जोसुकै पनि दण्डका भागेदार हुनुपर्ने उहाको भनाइ छ ।

त्यस्तै पोखरेलले जन्मसिद्ध अधिकारको आधारमा शासन सत्ता चलाउने कुराको बिपक्षमा एमाले अडिक रहेको बताउनुभयो । बंश परम्पराको शासन सत्ताको पक्षमा नभइ लोकतान्त्रिक विधिबाट आउने योग्य व्यक्तिले मुलुकको शासन चलाउनुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उहले बताउनुभयो । पोखरेलले अनिर्वाचित सत्ताको पक्षमा समेत एमाले नरहेको स्पष्ट पार्नुभयो ।

उहाले मुलुकका समस्या समाधान गर्न अहिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार गठन गरेको भन्दै आगामी निर्वाचनमा कांग्रेससंगै मूल प्रतिपष्र्धा हुने बताउनुभयो ।

उहाले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने पार्टी भएकाले एमालेमाथि हमला हुने गरेको भन्दै त्यसको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया