माओवादी र एमालेबीच भएको सहमतिका बारेमा पार्टीमा समिक्षा हुन्छः नारायणकाजी श्रेष्ठ

admin

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संसदको गतिरोध अन्तयका लागि माओवादी र एमालेबीच भएको सहमतिका बारेमा पार्टीमा समिक्षा हुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा माओवादी दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशन उद्घाटन गर्दै श्रेष्ठले माओवादी र एमालेबीच भएको दुई बुँदे सहमतिपछि बिभिन्न प्रतिक्रियाहरु आइरहेको भन्दै यसबारे पार्टीमा समिक्षा हुने बताउनुभएको हो ।

यसबारेमा पार्टी अध्यक्ष प्रचण्डसंग छलफल हुन नपाएको उल्लेख गर्दै उहाले दुई बुँदे सहमति माओवादीको सुशासनको अभियानलाई हित पुग्ने गरी भयो कि भएन भन्नेमा छलफल हुने धारणा राख्नुभयो ।

श्रेष्ठले भ्रष्टाचार बिरुद्ध माओवादी निरन्तर लड्दै आएकाले भिजिट भिसासम्बन्धी मुद्दालाई त्यसै नछाड्ने बताउनुभयो । प्रचण्डले समग्र लेखाजोखा गरेर नै सहमति गर्ने निष्कर्षमा पुगेको हुन सक्ने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया