काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सडक दुर्घटना न्यूनिकरण र सुरक्षित यात्राको सुनिश्चितता लागि यातायात व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोश्रो महाधिवशेनबाट निर्वाचित पदाधिकारी सदस्यहरुको पदस्थापन समारोहमा सभापति देउवाले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको अवस्थामा सडक, दुर्घटना न्यूनिकरण र सुरक्षित यात्राको सुनिश्चितता लागि यातायात व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको हो । व्यवसायीक हकहितको सुरक्षासंगै आम नागरिकलाई सहज, सुरक्षित र भरपर्दो यात्रा गराउने साझा दायित्व भएको उहाले बताउनुभयो ।
सभापति देउवा यातायात क्षेत्रमा देखिएका विविध समस्याको समाधानतर्फ एकतावद्ध प्रयास गर्नुपर्ने भन्दै यसमा कांग्रेसले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।