रास्वपाका सांसदले अभद्र शैलीमा संसद अवरोध गरे : महेश बर्तौला

admin

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाउनुभएको छ ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दैै बर्तौलाले निलो स्काफ लगाएर रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेको आरोप लगाउनुभएको हो ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए पुन निलो स्काफ लगाएर विरोध गर्ने रास्वपाका सांसदहरुले अडान राखेपछि सहमति खोज्नका लागि बिहीबारसम्मका लागि स्थगित गरिएको उहाले बताउनुभयो ।

बर्तौलाले रास्वपाका सांसदहरुको विरोधको शैलीका कारण सांसदको लोगो लगाएर हिड्दा अपमानीत महशुस गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा राख्नुभयो ।

त्यस्तै बर्तौलाले संघीय निजामति सेवा विधेयकलाई सरकारले रोक्न खोजेको आरोपको खण्डन समेत गर्नुभयो । उहाले विधेयकमाथि छलफल गर्ने, संशोधन वा परिमार्जन गर्ने बिषय संसदको अधिकारको बिषय भएको उल्लेख गर्नुभयो ।

संघीय निजामति सेवा विधेयकलाई छिटो पारित गर्नुपर्नेमा सरकार स्पष्ट रहेको उहाले बताउनुभयो ।

प्रतिक्रिया