भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोड्न मिल्दैन : प्रमुख सचेतक श्याम घिमिरे

admin

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानवतस्करीसंग जोडेर हेर्न नमिल्ने बताउनुभएको छ ।

बिहीबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दैै घिमिरेले आफ्नै इच्छाले मानिसहरु भिजिट भिसाका माध्यमबाट बाहिर गएकाले त्यसलाई मानवतस्करीसंग जोडेर हेर्न नमिल्ने बताउनुभएको हो ।

भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषि किटान गर्न नमिल्ने उहाले बताउनुभयो ।

भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने जिकिर गर्नुभयो । घिमिरेले संदनमा देखिएको समस्या केहि दिनमा नै समाधान हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया