अदालतले तोकेको २ लाख धरौटी बुझाएर निस्किन नपाइ पक्राउ परिन् अमला

admin

काठमाडौँ : ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न भन्दै पक्राउ परेकी अमला रोका पुनः प्रहरीले पक्राउ गरेकी छन्।

काठमाडौँ जिल्ला अदालतले आज रोका लाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर धरौटी बुझाएर रिहा हुन नपाउँदै उनलाई फेरि पक्राउ गरिएको हो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता युवराज खड्काका अनुसार रोका विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा रहेकाले पुनः पक्राउ गरिएको हो।

गत शुक्रबार सीआईबीले उनलाई काठमाडौँको टोखा क्षेत्रबाट पक्राउ गरेको थियो।

रोका ६१ किलो सुनकाण्डका प्रमुख आरोपी, बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन्। ठमेलस्थित होटेल भियना उनकै नाममा दर्ता रहेको छ।

प्रतिक्रिया