काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंबाट बीरगञ्जतर्फ जादै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३ सय १९ केजी लागूऔषध चरेश बरामद गरिएको जनाएको हो ।
बिशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–२१ परवानीपुर चोकमा रोकी राखेको अवस्थामा ट्रक र चालकको खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ ।
उक्त ट्रकको पछाडी सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाई राखेको अवस्थामा १३ पोकामा ३ सय १९ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो । त्यस्तै ट्रक चालक बुद्धी बहादुर स्याङतानका साथबाट रु १ लाख ९२ हजार रुपैया समेत फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागू औषध भारत लैजान खोजिएको प्रहरीको भनाइ छ । ट्रक र बरामद लागू औषधसहित ट्रक चालक स्याङतानलाई नियन्त्रणमा लिइ लागू औषध सम्बन्धी कसूरमा पर्सा अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।