गोंगबुमा यामाहाको नयाँ थ्रीएस शोरूम सञ्चालनमा, ग्राहक सेवामा थप विस्तार

admin

काठमाडौं । यामाहा नेपालले काठमाडौंको गोंगबुमा अत्याधुनिक सुविधा सम्पन्न थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरूम सञ्चालनमा ल्याएको छ। एमएडब्लू ग्रुप अन्तर्गत मोटो क्राफ्ट प्रालिले संचालनमा ल्याएको उक्त शोरूमको उद्घाटन शुक्रबार ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले गरेका हुन्।

कम्पनीले नयाँ शोरूममार्फत बिक्री परामर्श, भरपर्दो बिक्रीपछिको सेवा र जेन्युन स्पेयर पार्ट्स एउटै स्थानमै उपलब्ध गराउने लक्ष्य लिएको छ। यामाहा नेटवर्क विस्तारको दिशामा यो शोरूम एक महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ।

गोंगबु तथा वरपरका ग्राहकहरूलाई मोटरसाइकल, स्कुटरको सर्भिस, विशेषज्ञ सेवा र स्पेयर पार्ट्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शोरूम सञ्चालनमा ल्याइएको हो।

उद्घाटन समारोहमा बोल्दै ग्रुप डाइरेक्टर अग्रवालले यामाहा भरपर्दो सेवा र नवप्रवर्तनको प्रतीक भएको उल्लेख गर्दै गोंगबु शोरूम उत्कृष्ट ग्राहक सेवाप्रति कम्पनीको प्रतिबद्धताको उदाहरण भएको बताए। “यो शोरूम हाम्रो साझेदार र समुदायसँगको साझा दृष्टिकोणको प्रतिबिम्ब हो,” उनले भने।

त्यस्तै, एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गोंगबु शोरूम यामाहाको सेवा र उत्पादनलाई ग्राहकको अझ नजिक पुर्‍याउने उद्देश्यले स्थापना गरिएको बताए। “हामी ग्राहक सेवा, पूर्वाधार र प्राविधिक दक्षतामा उच्चतम मापदण्डसहित हाम्रो नेटवर्कलाई निरन्तर विस्तार गर्दैछौं,” उनले स्पष्ट पारे।

प्रतिक्रिया