सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै मोरङका सुनचाँदी व्यवसायीहरुले विराटनगर स्थित आन्तरिक राजस्व कार्यालय अगाडी धर्ना दिएका छन् ।
सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा पर्ने भएकाले उक्त करको व्यवस्था फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरुले र्यालि निकालेर विराटनगर स्थित आन्तरिक राजस्व कार्यालय अगाडि करिब ३ घण्टा धर्ना दिएका हुन् । २ प्रतिशत विलासिता कर हटाउनुपर्ने, रत्न तथा आभुषणमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनचाँदी कारोबार निर्देशिका जारी गर्नुपर्ने तीन बुँदे माग राख्दै उनीहरुले आन्दोलन गरिरहेका हुन् ।
विगत दुई साता देखि आन्दोलन गर्दा पनि व्यवसायीको कुरा नसुनेकाले प्यान नै खारेज गरेर बस्ने तयारी गरेको सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभुषण साहले बताउनुभयो । उहाले सुनचाँदी व्यावसायलाई संकटकाल घोषणा गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो ।
धर्ना कार्यक्रममा मोरङका विभिन्न पालिकाका सुनचाँदी व्यवसायीहरु, कर्मचारी र कालिगढहरुको सहभागिता रहेको थियो । उनिहरुले आप्mना मागहरु पुरा नभए सम्म आन्दोलन गरिरहने चेतावनी गरेका छन् ।