रेलले किचेर एक जनाको मृत्यु

admin

धनुषा । धनुषामा रेलको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । जनकपुरबाट जयनगरतर्फ गइरहेको रेलले आज बिहान करिब १० बजे लक्ष्मीनिया गाउँपालिका–४ सिनुरजोडाका ४२ वर्षीय गाठेय साहलाई किच्दा घटनास्थलमै ज्यान गएको हो ।

प्रहरीका अनुसार मृतकको साथमा फेला परेको चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आधारमा पहिचान खुलेको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

दुर्घटना परबाहा रेल्वे स्टेशन नजिकै भएको थियो भने घटनापछि रोकिएको रेल सेवा पोष्टमार्टमका लागि शव अस्पताल पठाएपछि पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । अहिले दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया