प्रेमीको जन्मदिन मनाउन गएकी जेनीले मृत्युपुर्व भावुक हुँदै गरेकी थिइन दिदीलाई फोन (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पछिल्लो समय नेपलमा हत्या, हिँसाका घटनाहरु एक पछि अर्को गर्दै आइरहेको छ। यस्तै घटना फेरी राजधानीमा घटेको छ। बालाजुस्थित १६ वर्षिया जेनी तामाङको रहस्यमय मृत्यु भएको खबर बाहिरिएको छ।

सिन्धुली घर भई हाल त्रिपुरेश्वरमा बस्दै आएकी जेनी प्रेमीको जन्मदिनमा जान्छु भनेर घरबाट असार ३० गतेको दिन निस्किएकी थिइन। उक्त दिन जन्मदिन मनाउन पुगेकी उनी प्रेमी भीम मगरको बालाजुस्थित कोठाको बाथरुममा सलमा पासो लगाएर आत्महत्या गरेको खबर बेलुकी साढे सात बजे प्रहरीले दिएका थिए ।

तर मृतकका आफन्तहरुले आत्महत्या नभई हत्या भएको आशंका गरेका छन्। जेनीको शवलाई पोस्टमार्टमको लागि टिचिङ्ग अस्पतालमा राखिएको छ।

मृतकको दिदीले जेनीको हत्या भएको आरोप लगाएकी छिन्। उनले भनिन्, ‘घटना हुने दिन साढे दुई बजेको समयमा डराएको आवाजमा जेनीले फोन गरेर म अब फर्किन होला, बुबाआमालाई धेरै दुख दिए भनेर भनेकी थिइन। त्यसकै केहि समय पछि प्रहरीको फोन आयो।’ उनले जेनीको प्रेमीको अर्कै प्रेमिका भएको कारण उनीहरुको सम्बन्धमा दरार आइरहेको बताइन।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू