तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा

राष्ट्रिय समाचार समिति

राजविराज, ८ साउन: बिहानदेखिको निरन्तर वर्षाका कारण स्थानीय खाँडो नदीमा आएको बाढीले जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी–कोइलाडी गाउँपालिका कार्यालय डुबानमा परेको छ ।

अविरल वर्षाका सप्तरीको विभिन्न नदी, खोलामा पानीको बहाव बढेको छ । जिल्लाको सप्तकोशी, खाडो, महुँली, जीता, त्रियुगा, खड्कलगायतका नदी, खोलाहरुमा पानीको बहाव उच्च देखिएको छ । सो गाउँपालिकाको करीब ८५० सय घरसमेत डुबानमा परेको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष सिंहका अनुसार डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागेका छौँ । गाउँपालिकाको करीब ६५ प्रतिशत भू–भाग डुबानमा परेको गाउँपालिका अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया