पिएनपिखबर : काभ्रेको पाँचखालकी तुलसा कार्कीको जन्मजात नै दुवै हात छोटो छन् जसले गर्दा उनले दैनिक निकै समस्या झेल्दै आएकी छिन्।
अपाङ्ग हुनुको पिडा त छदै छ त्यसभन्दा पनि ठुलो पिडा घरपरिवारको साथ सहयोग नपाउनुको छ।यति सम्मकी उनले खाना समेत् समयमा खान नपाउने बताइन।
तुलासाले आफ्नो काम आफै गर्नु पर्ने बाध्यता छ। यसको बाबजुद पनि उनले स्नातक तहमा अहिले अध्धयन गरिरहेकी छिन्। आफुले लेख्ने कोशिस गरे पनि निकै अप्ठ्यारो हुने उनी बताउछिन्।
आफ्नो दैनिक कार्य गर्न निकै ग्राहो हुने भएकोले तुलसा कार्कीको अब क्रितिम हात हाल्नको लागि एक अभियान थालिएको छ। उक्त अभियानबाट उनको हात हाल्न लाग्ने रकम संकलन गरिने समाजसेवी विनय जंग बस्नेतले बताए। उनको हात हाल्न कम्तिमा पनि ४० लाख लाग्ने भएकोले सहयोगी मनलाई तुलसालाई सकेको आर्थिक सहयोग गरी नयाँ जीवन प्रदान गरिदिन अपिल गरेका छन्।
हेर्नुहोस भिडियो :