नेपालको इतिहासमै पहिलोपटक उच्च बिन्दुमा सुनको भाउ

मनिषा थापा

भक्तपुर : पछिल्लो समय देखि निरन्तर बढिरहेको सुनको भाउ आज झनै बढेर नेपालको इतिहास मै पहिलोपटक उच्च बिन्दुमा पुगेको छ।

आज (सोमबार) सुन तोलामा १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च कायम भएको हो। आज तोलामा १५ सयले बढेर ६७ हजार ८ सय रुपैयामा कारोबार भईरहेको छ।

आइतबार सुन तोलाको ६६ हजार ३ सयमा कारोबार भएको थियो। चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। आज चादीको मूल्य तोलामा २० रुपयाँले वृद्धि भएर ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया