पिएनपिखबर भक्तपुर : ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाही भ्रष्टाचार विरुद्ध कार्यक्रम लिएर पुन सुर्खेत पुगेका छन्। उक्त कार्यक्रममा सुर्खेतबासीहरुले उनको बाजा गाजा साहित् भब्य स्वागत गरे।
केहि समय अघि भ्रष्टाचारको बिरुद्ध सुर्खेतमै भएको एक कार्यक्रमा बोल्ने क्रममा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर चरम यातना दिएका थिए। फेरी सोहि स्थानमा पुगेर ‘नेपालका लागि नेपाली’ अभियान कुनै व्यक्तिका विरुद्धमा नभएर भ्रष्टाचार विरुद्ध रहेको र निरन्तर चलिरहनेछ भन्दै उनले आफ्नो मन्तब्य राखेका छन।
उक्त कार्यक्रममा उनले आफु सुर्खेतको घटना पछि सुर्खेतमै पुन फर्किनेछु भन्ने नलागेको बताए। देशमा भोकमरी, गरिबी र बेरोजगारी हटाउनको लागि निरन्तर यो अभियान चलाइराख्ने समेत उनले बताए । सुर्खेत जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकामा आएको बजेट र बजेटमा भएको घोटालाबारे शाहीले सुर्खेतवासीहरु माझ स्पष्ट परेका छन्।
हेर्नुहोस भिडियो: