मासु देखि अण्डा समेत् कालो हुने अत्यन्तै महँगो ‘कडकनाथ कुखुरा’ नेपालमा

मनिषा थापा

पिएनपिखबर : कुखुराको मासुको धेरै नाफा-नोक्सानको बारेमा सुन्नु पढ्नु भएको होला तर ‘कडकनाथ कुखुरा’ अर्थात कालो कुखुराको बारेमा सायद धेरैलाई थाहाँ नहुनसक्छ। भारतको मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा भारतको आदिबासी समुदायमा लोकप्रिय छ | भारतमा ‘कडकनाथ चिकेन’को नामबाट परिचित उक्त कुखुरालाई स्थानीय भाषामा कालामास पनि भनिन्छ किनभने यसको मासु ,छाला ,शरीरको रौ सबै कालो हुन्छ ।

उक्त प्रजातिको कुखुराको मासु अत्याधिक मिठो र स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक मानिन्छ। मधुमेहका विरामीको लागि यस कुखुराको मासु एउटा राम्रो औषधीको रुपमा मानिन्छ। यसको साथै उक्त मासुमा भिटामिन र प्रोटिन प्रशस्तमात्रमा पाइन्छ। यति मात्रै हैन यसको मासु खाने व्यक्तिको आँखाको शक्ति समेत् बढ्ने गर्छ। औषधीय गुणले भरिपूर्ण कालो चिकेनको मूल्य अरु कुखुराको तुलनामा निकै महँगो पर्छ।

भारतमा पाइने यस कुखुरा नेपालको केहि भूभागमा पनि पाल्न शुरु गरिएको छ। काभ्रेको नालास्थित घर भएका भेसमान श्रेष्ठले श्रेष्टले कडकनाथ कुखुरा पालिरहेका छन्। उनले उक्त कुखुरा भारतबाट ल्याएका हुन्। उनले एउटै कुखुराको ५ हजारसम्म बेचिरहेका छन्। नेपालका मानिसले कालो मासु भएकोले खान त्यति नरुचाउने तर विदेशमा भने यसको माग अत्यन्तै बढी भएको उनले जनाए। कालो कुखुराको मासुमात्रै हैन अण्डा पनि निकै महँगो पर्ने उनको भनाई छ। एउटाअण्डाको मात्रै १५० पर्ने उनले बताए। व्यावसयिकरुपमा पाल्ने हो भने मनग्य आम्दानी गर्न सकिने उनको दावी छ। यस प्रजातिको कुखुरालाई पाल्न पनि निकै सजिलो रहेको उनी बताउछन।

भेसमान श्रेष्ठलेले कुखुरामात्रै हैन विगत ४ वर्ष देखि विश्व मै महँगो मानिने ड्रयागन फ्रुटको खेती पनि गरिरहेका छन्। यसको मूल्य किलो कै ८ सय रुपैयाँ प्रतिकिलो देखि १ हजार रुपैयाँ प्रतिकिलोसम्म पर्छ। यो फल निकै स्वास्थ्यवर्द्धक भएकोले जुनसुकै खालका दीर्घरोगीहरू जस्तै का लागि पनि उपयुक्त हुन्छ । उनले यस्ता कृषि पेसातर्फ सरकारले कुनै चासो नराखेको गुनासो पोखे। देशका अधिकांश युवाहरु कृषि पेसामै लाग्ने हो भने कोहि पनि बेरोगार बस्न नपर्ने उनले जनाए।

हर्नुहोस भिडियो :

यो पनि हेर्नुहोस….

प्रतिक्रिया