अघोरीबाबा अब सामाजिक कार्यमा

मनिषा थापा

पिएनपिखबर : काठमाडौँको सुन्दरीजलमा बस्दै आएका अघोरी बाबालाई नचिन्ने सायद कमै होलान। अझ युवापुस्ता माझ त उनी झनै लोकप्रिय बनेका छन्। उनी आफुलाई महा मृत्युन्जय अघोर बाबा भनेर चिनाउछ्न ।

समाज र राज्यमा भईरहेका घटनाबारे चासो राख्ने बाबाको कुरा सुन्न धेरै टाढा टाढाबाट उनको कुटिमा मानिसहरु धाउने गर्छ। उनले बोलिरहने उनको थेगो ‘लाइफ ड्यामेज’ले पनि निकै चर्चा पायो। अहिले उनले मात्र नभएर धेरैले उक्त थेगो उच्चारण गर्ने गर्छन।

पछिल्लो समय उनी कन्सर्ट, जुत्ताको विज्ञापनमा देखिनुको साथै उनलाई फिल्म खेल्ने अफर पनि आईरहेको छ। उनी हालै समाज सेवामा समर्पित ‘एक्सन फर सोसियल चेन्ज’ अभियानको एक कार्यक्रममा देखिएका छन्। उक्त अभियानमा जोडिन पाउँदा आफु धेरै खुशी भएको बताए ।

ब्यवारिसे शवको सदगद गर्दै आएका समाजसेवी विनय जंग बस्नेतले कार्यले आफुलाई पनि प्रेरित गरेको बाबाले बताए। कार्यक्रममा उनले समाजसेवामा आफु पनि लाग्दै आएको र सबैलाई लाग्न आग्रह गरे। उनले एकपटक स्कुलमा पढ्न नपाएको विद्यार्थीको फी पनि तिरिदिएको बताए। 

उनले मानव भएर मानवको बारे नसोच्ने व्यक्ति काम नलाग्ने भन्दै आक्रोश पोखे। राज्यको बारेमा चिन्तन गर्ने उनले अहिलेको सरकार काम नलाग्ने बताए।

हेर्नुहोस भिडियो :

यो पनि हेर्नुहोस…

विगतका दिन सम्झेर धुरुधुरु रोए समाजसेवी विनयजंग बस्नेत….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू