पिएनपिखबर : पुनरुत्थानवादी शक्ति नेपालका नेता शेखर रायमाझीले चितवनकी मेयर रेणु दाहालको प्रयोजनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको आरोप लगाएका छन्। चितवनमा शनिबार भएको आक्रमणमा मेयर दाहाल र एसपी दान बाहादुर मल्लको प्रत्यक्ष संल्गन रहेको उनको दावी छ।
उनले चितवनमा भ्रष्टाचारको भण्डाफोर हुने कुराले मेयर दाहाल आकन्तिक भएको कारण सुनियोजित ढंगले घटना घटाईएको उनको आरोप छ। उनले घटनाबारे बताउदै भने, ‘कार्यक्रम शुरु हुनु अघि एसपी मल्लले फोन गरी अखिल क्रान्तिकारीहरुबाट हमला हुन् सक्छ कार्यक्रम नगर्नुस भनेका थिए तर हामीले बोल्न पाउने हक छ भनेर कार्यक्रम शुरु गर्यौ। त्यतिकैमा माइक भाच्ने देखि तोडफोड हुन् थाल्यो, प्रहरीले आक्रमणकारीलाई नियन्त्रण लिनुको साट्टो उल्टो भगाएर आयोजकलाई नै पक्राउ गरेर हाम्रो कार्यक्रम विथोलियो।’
उनले अघि भने, ‘स्थानीय एसपी दान बहादुर मल्लको संरक्षणमा आक्रमण भएको छ। सरकारको यस्ता कदमले जनता माथि दमन भएको देखियो ।
हेर्नुहोस भिडियो :