काठमाडौं : सभामूख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीलाई उनका श्रीमान चित्रजंग शाहीले डिभोर्स दिएका छन्। रोशनीका श्रीमानले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुहरु दुई जनाको सहमती पत्र पोस्ट गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘हामी २८ वर्षसम्म सँगसँगै बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं। शुभेच्छुकहरुमा धन्यवाद।’
उक्त सहमतिमा लेखिएको छ, ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते। समयको गतिसँगै असहमति, असन्तुष्टि आउँदो रहेछ। तथापि खुसीसाथ अलग अलग बस्ने निर्णय गरेका छौं। कानूनी प्रक्रियाको निरन्तरताका साथ।’
रोशनी र महराको सम्बन्ध सार्वजनिक भएलगत्तै उनका पतिले कुनै प्रतिक्रिया दिएका थिएनन्। स्वास्थ्य कर्मचारी रहेका उनी तनहुँबाट फर्केलगत्तै आफन्तसँगको सल्लाहमा शाहीले पत्नीलाई डिभोर्सको प्रस्ताव गरेका थिए। उनीहरुबीच डिभोर्स गर्ने समझदारी भए पनि कानूनी प्रक्रिया भने पूरा भईनसकेको जानकारी छ ।