सिन्धुपाल्चोक दुर्घटनाका घाइतेलाई नेता बस्नेतको आर्थिक सहयोग

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २५ असोज: नेपाली काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक दुर्घटनामा घाइतेको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गर्नुभएको छ । पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका भोटसिपामा शुक्रबार भएको दुर्घटनामा घाइते भएकाको उपचारका लागि तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गर्नुभएको हो ।

पूर्वमन्त्री बस्नेतले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका यात्रुलाई भेटेर उक्त सहयोग गर्नुभएको हो । “तत्कालका लागि रु ५० हजार आर्थिक सहयोग गरको हुँ, आवश्यक परे आगामी दिनमा पनि सहयोग गर्नेछु”, पूर्वमन्त्री बस्नेतले भन्नुभयो । सिपाटारबाट काठमाडौँ आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु र दर्जनौँ यात्रु घाइते भएका थिए ।

बालबालिकालाई निःशुल्क पढाउने
यसैबीच, पूर्वमन्त्री बस्नेतले दुर्घटनामा अभिभावक गुमाएका बालबालिकालाई निःशुल्क पठनपाठन गराउने हुनुभएको छ । घाइतेलाई भेट्ने क्रममा उहाँले दुर्घटनामा परेर अभिभावक गुमाएका बालबालिकाको अभिभावकत्व लिने घोषणा गर्नुभएको हो । बस्नेत सोही क्षेत्रबाट निर्वाचित भएर मन्त्रीसमेत बन्नुभएको थियो ।

प्रतिक्रिया