भौतिक मन्त्रालयका सचिव शाहलाई आशय करणीको आरोप

admin
  •  खगेन्द्र हमाल

सुर्खेत : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार शाहलाई एक महिलाले आशय करणीको आरोप लगाएकी छन् । मन्त्रालयमा कार्यालय सहयोगी पदमा कार्यरत एक महिलाले क्वाटर बोलाएको तर आफू नगएपछि सचिवले जागिरबाट निकालेको भन्दै जवजस्ती आशय करणीको आरोप लगाएकी हुन् ।

‘सचिवको कार्यकक्षमा चिया पुर्यायाउन जाँदा पाँच बजेपछि कार्यालय र क्वाटर आउनु भन्नुभएको थियो’ ति महिलाले भनिन्, (भिडियो सुरक्षित छ) ‘सचिवको माग पूरा नगरेकै कारण मलाई जागिरबाट निकालेर थप पीडावोध गराएको छ । पटक पटक सचिव शाहले आफूलाई जिस्काउने गरेको पनि पीडित महिलाको आरोप छ । करार सेवामा नियुक्त भएकी महिलाको समावधि आगामी पुस मसान्तसम्म छ । महिलाकाअनुसार आफ्नो स्वभाव त्यस्तो नभएकाले उहाँको प्रस्ताव स्वीकार गर्न नसकेको बताइन् ।

सचिव ज्यूको कार्यकक्षमा सबैहुँदा मात्रै चिया पुर्याउन जान्थे, एक्लै भएको बेला खाली गिलास ल्याउन सक्ने आँट आउँदैन्थ्यो’ पीडितको आरोप छ, ‘न्यायका लागि प्रहरी कार्यालयसम्म पुग्दा समेत सुनुवाई भएन।यता मन्त्रालयका सचिव शाहले आफूमाथि लागेको आरोप निराधार भएको बताए । प्रदेश सरकारले कर्मचारी संगठन तथा व्यवस्थापन (ओएण्डएम) गरेपछि एक दरवन्दी कम गरेपछि उनलाई जागिरबाट विदाई गरेको जनाए । ‘म चिया नै खादैन् उनलाई कसरी जिस्काउनु’ सचिव शाहले भने, ‘उनले ममाथि लगाएको आरोप सबै गलत हाे, मलाइ फसाउन खाेजिएकाे हाे ।

मन्त्रालय स्रोतकाअनुसार महिलालाई जिस्काएको बारेमा थाहा नभएपनि उनलाई हटाउनु पर्ने कारण नभएकाले उनी पीडित भएको बतायो । ‘सचिव ज्यूले रातारात दैलेख दरवन्दी भएका एक व्यक्तिलाई काजमा सुर्खेतमा सरुवा गर्नुभएको छ’ स्रोतले भन्यो, ‘उनी मन्त्रालय आउने क्रममा केही महिना पहिला दुर्घटनामा परेकाले अलि अस्वस्थ थिइन्, तिनलाई हटाएर अर्की महिला राख्ने तयारी थियो तर महिलाले धेरै प्रेसर दिएपछि काजमा सरुवा गराएर सुर्खेत ल्याउनु भएको सत्य हो ।’

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी दिल्लीराज पन्तले पीडित युवती प्रहरी कार्यालय आएर उजूरी दिएको जानकारी दिए । उनले कार्यालय समयभन्दा ढिला आएकाले भोली (बुधबार) मात्रै उजूरी दर्ता हुने जनाए । ‘प्रक्रियागतका कारण आज उजूरी दर्ता गर्न सकिएन्’ एसपी पन्तले भने, ‘यस विषयमा हामी गम्भीर भएर छानविन प्रक्रिया अघि बढाउछौं ।’ ०६९ सालमा सचिव शाह नेपाल गुणस्तर तथा नापतौल विभागमा कार्यरतहुँदा पनि एक युवतीले आफूलाई जवरजस्ती करणि गरेको आरोपसहितकाे समाचार बाहिरिएकाे थियाे ।

प्रतिक्रिया