पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता तथा शिक्षक अभिषेक अग्रहरीले ज्ञानेन्द्र शाहीको शैली हिटलरको जस्तो भएको बताएका छन्। शाहीको कार्यशैली देशको हितको लागि भए पनि प्रस्तुत हुने शैलीमा आफ्नो सधै विरोध रहेको उनको भनाई छ ।
यसै सन्दर्भमा उनले भने, ‘जनतालाई शाहीले देखाएको बाटो ठिक छ तर उनले बोल्ने शैलीमा शालीनता र शिष्टता भने छैन जुन हामी मित्रताको नाताले उनलाई भन्दै आएका छौँ। १० वर्ष देखि उनी राष्ट्रभावमा लागेका व्यक्ति हुन् तर अहिले आएर उनमा दम्ब देखियो। उनलाई म धरातल नविर्सन आग्रह गर्दछु।’
‘नेपालका लागि नेपाली’ अभियान भ्रष्टाचार विरुद्ध भने पनि पछिल्लो समय राजसंस्थाको पुर्नस्थापनाका कुरालाई बढी प्राथमिकता दिएको कारण आफुलाई पनि चित्त नबुझेको उनको भनाई छ । यसको साथै, उनले देश समृद्ध बनाउनको लागि बालबालिका देखि नै नैतिक ज्ञान, गुणस्तरीय स्वास्थ्य, गुणस्तरीय शिक्षामा कसरी दिने भन्ने कुरामा सबैको ध्यानकार्षण हुनु जरुरी रहेको जनाए ।
हेर्नुहोस् भिडियो :