कास्कीमा टुङ्गियो प्रेस सङ्गठनको एकता

राष्ट्रिय समाचार समिति

पोखरा, २० मङ्सिर : प्रेस सङ्गठन नेपाल कास्कीमा संयोजक, सहसंयोजक र सदस्यको टुङ्गो लगाएर प्रदेश कमिटीमा सिफारिस गरिएको छ । तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकता भई बनेको प्रेस सङ्गठन नेपाल कास्कीमा संयोजक, सहसंयोजक सदस्यको टुङ्गो लागएर प्रदेश कमिटीमा सिफारिस गरिएको हो । जिल्लाले पठाएको नामलाई प्रदेश कमिटीले अनुमोदन गर्ने प्रावधान छ ।

दुवै सङ्गठनको बिहीबार भएको संयुक्त बैठकले एकता प्रक्रिया टुङ्ग्याएको हो । प्रेस सङ्गठन कास्कीको संयोजकमा साविक प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बराल र सहसंयोजकमा प्रेस सेन्टर कास्कीका कार्यवहाक अध्यक्ष सन्देश श्रेष्ठसहित बैठकले ४१ सदस्यीय कमिटी बनाएर प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

सङ्गठनको जिल्ला सदस्यमा रामजी लम्साल, अर्जुन गिरी, मोतीसागर अधिकारी, राजाराम पौडेल, कृष्णराज आचार्य, दीपक पौडेल, गौरव त्रिपाठी, दुर्गाप्रसाद शर्मा, प्रभु अधिकारी, दिलप्रसाद गुरुङ, खिमाकुमारी गुरुङ, गङ्गा मरासिनी, सुरेश सुनार, विष्णु सापकोटा, गणेशकुमार श्रेष्ठ, जीवन सुवेदी, कमल सुवेदी, रञ्जन अधिकारी, कञ्चन थापा, जैनव खातुन, तारा चापागाईं, सुमन थापामगर छन् ।

त्यसैगरी दीपक परियार, घनश्याम, पाण्डे, विश्व सुवेदी, रोशनी गुरुङ, कृष्ण दवाडी, भीम थापा, लक्ष्मी सुनार, उमा आलेमगर, सुशीला क्षेत्री, पुष्प दाहाल, प्रकाश अधिकारी, गीता राना, हेमराज अधिकारी, शोभा बराल, नारायण शाही ठकुरी, बिनु थापा, सिलास केसी रहेका छन् ।

प्रतिक्रिया