नापतौलको फितलो नियमनः अप्रामाणिक ढक तराजुको प्रयोगबाट ठगिँदै उपभोक्ता

admin

काठमाडौं, पुस १७ : तपाईंले खरिद गर्ने सामान जोख्ने ढक तराजुले सही तौल मापन गर्यो कि गरेन भनेर कहिल्यै याद गर्नुभएको छ ? पसलेले तौलेर दिएकै भरमा सामान किन्दै हुनुहुन्छ भने तपाईं ठगिएको पनि हुनसक्छ ।


दैनिक जीवनमा प्रयोग हुने अधिकाशं सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकाशं ढक तराजु भने अवैध रुपमा प्रयोग भइरहेका छन् । गुणस्तर तथा नापतौल डिभिजनको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको छ ।

यसबाट व्यापारी मोटाइरहेका छन् भने उपभोक्ता दिनहुँ ठगिइरहेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा आकाश तारा वयकले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू