असनको मच्छिन्द्र बहालमा आगलागी

admin

काठमाडौं, १८ पुस : काठमाडौंको असनमा एउटा घरमा आगलागी भएको छ । शुक्रबार बेलुका साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलाबाट आगो फैलिएपछि आगो निभाउन ४ वटा दमकल पुगेको छ ।

काठले बनेको उक्त घरमा ठूलो आगलागी भएको र अरु घरमा पनि फैलिने खतरा बढेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले अहिले आगो निभाइरहेका छन् ।

आगलागी कसरी सुरु भयो र कति क्षति भयो भन्ने जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया