ससुराद्वारा बुहारीको हत्या

admin

दाङ: दाङमा ससुराले बुहारीको हत्या गरेका छन् । गढवा ४ रामनगरका निबासी कुलमान योगीले बुहारी बसन्ती कुवरको हत्या गरेका हुन्। धारिलो हतियार प्रहार गरी योगीले बुहारीको हत्या गरेको प्रहरीले जनाएको छ।

हतियार प्रहारबाट घाइते बसन्तीको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक भरतसिंह राठौरले जानकारी दिए। प्र

हरीका अनुसार बुहारी बसन्तीको हात, पेट र खुट्टामा धारिलो हतियार प्रहार गरिएको थियो। नातिनीको बिषयमा बिबादले कान्छी बुहारीलाई धारिलो हतियार प्रहार गरिएको प्रहरी निरिक्षक राठौरले बताए। कुलमानलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया