काठमाडौं : गाउँपालिकाका एकजना अध्यक्ष ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो।
प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका बेला अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट ८ लाख रुपैयाँ घुस लिएको सूचना आधारमा पक्राउ गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले गाउँपालिका अध्यक्ष केसीलाई उक्त घुससहित नियन्त्रणमा लिएको पुष्टि गरे।
‘अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो’, उनले थाहाखबरसँग भने, ‘अहिले मुचुल्का उठाउँदैछौं, विस्तृत विवरणका लागि पर्खनु होला।’