सुुर्खेत : सुुर्खेतको वीरेन्द्रनगरमा जीप दुुर्घटना हुुँदा एक जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। दुर्घटनामा बराहताल गाउँपालिका-९, का दशरथ शाहीको घटनास्थलमै ज्यान गएको हो ।
मंगलबार बराहताल गाउँपालिकाको थारीबाट वीरेन्द्रनगर बजार आउँदै गरेको कर्णली प्रदेश ००२००१ ज ००१५ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका वडा-१४, को बेदखोलामा दुुर्घटना भएको हाे।
जिल्ला प्रहरी कार्यालय सुुर्खेतका अनुसार जीपमा १५ जना रहेका र तीमध्ये १४ जना घाइते भएका हुन् । डीएसपी रावलले जीप सडकबाट झण्डै १५ मिटर तल खसेको र घाइतेहरुको वीरेन्द्रनगरका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको बताउनुभयो ।