सिन्धुपाल्चोकमा चौकी आक्रमण गर्ने अझै पक्राउ पर्न सकेनन, खोजी कार्य जारी

admin

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपालधाप गाउँपालिकाको वडा नम्बर ८ स्थित तिपेनीमा रहेको प्रहरी चौकी माथि आक्रमण गर्नेहरु अझै पक्राउ पर्न सकेका छैनन् । आक्रमणमा संलग्न एक जनालाई प्रहरीले आक्रमण भइरहेको बेला नै नियन्त्रणमा लिएको थियो ।

प्रहरीले पक्राउ परेको नाम र ठेगाना खुलाएको छैन । पक्राउ परेका ती ब्यक्तिले अन्य ८ जनाको नाम लिएको र खोजी कार्य तीब्र पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

अज्ञात समुहको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका असई सन्तोष कुमार झाको प्रहरी अस्पताल काठमाण्डौमा उपचार भइरहेको छ भने अर्का घाइते प्रहरी हवल्दार हरिबहादुर मगर उपचारपछि कार्यक्षेत्र फर्किनुभएको छ ।

प्रतिक्रिया