प्रणय दिवसमा कारागारका कैदीबन्दीलाई गुलाफ

admin

कैलाली, फागुन २: भ्यालेन्टाइन्स डे अथात् प्रणय दिवस कैलालीको एक समूहले फरक ढंगले मनाएको छ । सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्फ फर ह्याप्पीनेस सुदूरपश्चिमले कैलाली कारागारमा रहेका कैदीबन्दीहरुसँग प्रणय दिवस मनाएको हो ।

ह्याप्पीनेसले शुक्रबार कारागारमा रहेका ४७८ कैदीबन्दीहरुलाई गुलाफको फूल र चकलेट उपहार दिएको हो । कारागारमा औपचारिक कार्यक्रमको आयोजना गर्दै संस्थाले विभिन्न ‘ब्लक’मा रहेका कैदीबन्दीलाई गुलाफ र चकलेट उपचार दिँदै प्रेम बाँडेको छ ।

संस्थाका सुदूरपश्चिम संयोजक घनश्याम भण्डारीले कारागारमा रहेका सबैलाई एक्लो छु भन्ने महसुस हुन नदिनका लागि प्रेमस्वरुप रातो गुलाफ उपहार दिएको जनाए । कैलाली कारागारका जेलर वीरेन्द्रबहादुर बोहोराले कैदीबन्दीको पीडा बुझेर प्रणय दिवसमा उनीहरुलाई केही क्षणका लागि सामिप्यता दिएकामा संस्थालाई धन्यवाद दिए ।

प्रतिक्रिया