देशभर मौसम बदली, वर्षको सम्भावना कुन–कुन क्षेत्रमा?

admin

काठमाडौं, फागुन १४ :  देशभरको मौसम बलदी भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पूर्वी तथा मध्य भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

देशका अधिकांश भूभागमा अहिले सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । बुधबार दिउँसो पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन्।

पूर्वी भूभागका केही स्थानमा र मध्य र पश्चिमी क्षेत्रका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । राति मध्य क्षेत्रमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसमविदले अनुमान गरेका छन् । मध्य र पश्चिमी तराईका एक–दुई स्थानमा मेघ गर्जन् र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया