प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा भारतीय चिकित्सक पनि सहभागी

admin

काठमाडौं, १९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनेछन् ।

बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुने भएका हुन् । दुबै मिर्गौला फेल भएपछि ०६४ सालमा भारतको एपोले अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मीर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका यूरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ। प्रधानमन्त्री ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक डा. अनन्तकुमार पनि नेपाली टोलीसँगै सामेल हुने भएका छन् ।

प्राध्यापक डा. अनन्त नेतृत्वको चिकित्सकको टोलीले सन् २००८ मा नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको थियो । हाल उनी दिल्लीस्थित म्याक्स अस्पतालमा युरोलोजी सर्जरी एण्ड किड्नी ट्रान्सप्लान्टेसन विभागका निर्देशक रहेका छन् । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने महिलाले मिर्गौला दिने छिन् ।

जसले दिँदैछिन् प्रधानमन्त्रीलाई मिर्गौला

 

प्रतिक्रिया