मध्यपुरथिमि, ६ चैत: महानगरीय प्र*हरी परिसर भक्तपुरले नेपाल मजदूर किसान पार्टीको नाममा नक्कली लेटर प्याड तथा छाप बनाइ चन्दा उठाउँदै हिँड्ने एक जनालाई प*क्राउ गरेको छ ।
मध्यपुरथिमि नगरपालिका–५ राधेराधेबाट काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडा बस्ने ५० वर्षीय गोपालबहादुर पुर्कुटीलाई बुधबार प*क्राउ गरेको परिसरका प्र*हरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
पुर्कुटीलाई नेमकिपाको लेटर प्याड, विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छापसहित प*क्राउ गरिएको उहाँले बताउनुभयो ।