भक्तपुर, ६ चैत : मध्यपुरथिमि नगरपालिका–१ मनोहरा बस्तीमा बस्ने एक महिलालाई कु*टपिट गरी आ*त्महत्या गर्न बाध्य पारेको अभियोगमा प्र*हरीले तीन जनालाई प*क्राउ गरेको छ ।
महानगरीय प्र*हरी वृत्त थिमिको टोलीले धादिङ खानीखोला गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई हाल लोकन्थली बस्ने ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका–२ घर भई लोकन्थली बस्ने १८ वर्षीया एनिहा सुब्बालाई प*क्राउ गरेको प्र*हरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
खोटाङ दिक्तेल नपा–३ पिनालाखा घर भई हाल मनोहरामा १८ वर्षीय छोरा अनिश राईसँगै बस्दै आएकी ३५ वर्षीया बिमला राईलाई ओरोपी तीन छिमेकीले कु*टपिट गरेको र शारीरिक तथा मानसिक या*तना दिएपछि उनले आफ्नै कोठामा झु*ण्डिएर आ*त्माहत्या गरेको प्रारम्भिक अनुसारन्धानमा खुलेको प्र*हरीको भनाइ छ ।
अनुसन्धानकै क्रममा मृ*तकको छोरा अनिश राईले मेरो आमालाई कुटपिट गरी शारीरिक तथा मानसिक या*ताना दिई आ*त्महत्या गर्न बाध्य गराएको भन्दै तीनजनाको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई प*क्राउ गरिएको कोइरालाले जानकारी दिनुभयो ।
प्र*हरी श*वलाई परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल, फोरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज, काठमाडाँै पठाइएको र प*क्राउ परेकाहरुलाई आ*त्माहत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।*