वडासदस्यले नै गरे महिलामाथि ज*बर्जस्ती

राष्ट्रिय समाचार समिति

बाजुरा, ९ चैत :जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई ज*बर्जस्ती करणी गरेको उभियोगमा प्र*हरी हिरासतमा पर्नुभएको छ । जिल्ला प्र*हरी कार्यालयले उहाँलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ ।

सैतीस वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा प*क्राउ गरी हिरासतमा राखिएको प्र*हरी निरीक्षक दानबहादुर रोकायाले बताउनुभयो ।

प्र*हरी निरीक्षक रोकायाका अनुसार बुढाले फागुन २२ गते वडावासी समेत रहेकी महिलालाई ज*बर्जस्ती करणीको प्रयास गरेको बताइएको छ । ती पीडित महिलाले घटना भएको सात दिनपछि प्र*हरीमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया