नेपालगञ्ज आइसोलेसनमा रहेका एक बिरामीको निधन

admin

नेपालगञ्ज, ६ बैशाख : नेपालगञ्ज मेडिकल कलेजको आइसोलेशनमा राखिएका एकजनाको निधन भएको छ । मेडिकल कलेजका डा. रोमन किदवाईका अनुसार, बर्दिया गुलरियाका इसराइल बेहनाको निधन भएको हो ।

नेपालगञ्ज मेडिकलका डा. रोमन किदवाईका अनुसार बेहनालाई दुई दिनदेखि आइसोलेसनको आइसीयुमा राखिएको थियो । ‘तीन दिनअघि सिकिस्त बिरामी भइ अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

बेहनाको स्वाब परीक्षण भइसकेको थिएन । डा. किदवाईले मृ’तकको स्वाब परीक्षण गर्न थालेको जानकारी दिए । उनि भर्ना हुन आउनु अगाडी रुघाखोकी र ज्वरो थियो । उनको लक्षण हेर्दा कोभिड १९ सँग मिल्दोजुल्दो थियो ।

अस्पतालले तत्कालै आइसोलेसनमा राखेर उपचार जारी राखेका थियो । उनी १ महिना अघि भारतबाट आएको बताइएको छ ।

सिकिस्त बिरामी भए पनि भीटिएमको अभावमा उनको कोरोना जाँच गर्न नसकिएको अस्पतालले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले मृ’तकको स्वाव परीक्षण र श’व कहाँ राख्ने भन्नेबारेमा छलफल भइरहेको बताए ।

बाँकेका भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा आइसोलेसन कोरोना आशंकितलाई राखिएको छ ।

अहिलेसम्म भेरीले २३, मेडिकल कलेज नेपालगञ्जले २१ र कोहलपुर १३ वटा स्वाव पठाएकोमा नेगेटिभ आइसकेको छ ।

प्रतिक्रिया